Logo
Logo

रविभवनमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु


315
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाग्राहिको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका–१४ रविभवन काठमाडौंमा पुस ५ गतेदेखि कलंकी शाखाको मातहतमा रहने गरी सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याइएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याइसकेको छ ।

सुविधा सम्पन्न यस विस्तारित काउण्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका देशैभरि आफ्ना १८० वटा शाखा, तीनवटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्