Logo
Logo

नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख दाबी भुक्तानी


693
Shares

काठमाडौं । नबिल बैंकले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पछिल्लो चार वर्षदेखि यास्तो बीमा सुविधा दिँदै आएको बैंकले पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय गरेको हो । यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६२ करोड ९४ लाख रुपैंया दाबी भुक्तानी भएको छ ।

हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजना अन्तर्गत बीमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ ।

चार वर्ष अगाडि सुरू गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाका लागि गरिँदै आएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो । यस योजनाले आफ्ना ग्राहकहरूलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरूमा यसलाई निरन्तरता दिने बैंकले बताएको छ ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरू गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १६ करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तानी गरेको बैंकले जनाएको छ ।

मुद्दतीबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा सुविधा रहको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्