Logo
Logo

चलचित्र संघद्वारा विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन घोषणा


882
Shares

काठमाडौं । चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले विकास बोर्ड खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन् । पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम तय गरिएका छन् । उक्त मितिसम्म पनि मन्त्रालयले ठोस सम्बोधन नगरे हल बन्द गर्ने र बोर्डमा ताला लगाउनेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

चलचित्र संघले चलचित्र विकास बोर्डको नेतृत्वसँग वार्ता नगर्ने निर्णय गरेको छ । एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित छ । साथै, प्रदर्शकको भेलाले सिंगल स्क्रिन हलका मुद्दामा समेत बोर्ड गम्भीर नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्