Logo
Logo

राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता


1.1k
Shares

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङबीच युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवसँग भेटवार्ता गरेका छन् ।

सिपिसीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न अनुरोध गर्दै चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको जानकारी दिए ।

राष्ट्रपति सीले आधुनिकीकरणको चिनियाँ बाटो पछ्याउने र विश्वशान्ति एवम् समृद्धिका लागि थप अवसर प्रदान गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी र युनाइटेड रसिया पार्टीबीचको संस्थागत आदान-प्रदान दीर्घकालीन रूपमा दुई देशका लागि राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न उपयोगी हुने विश्वास व्यक्त गरे ।

दुई पक्षबीचको वर्तमान आदानप्रदान तेस्रो दशकमा प्रवेश गरेको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले दुई पक्षबीचको शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवद्र्धन गर्ने विषयमा गहन संवाद जारी राखिने बताउनुभयो । चीन–रूस बृहत् रणनीतिक समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

विगत एक दशकमा चीन-रुस सम्बन्धले अन्तर्राष्ट्रिय परिवर्तनले ल्याएका चुनौतीलाई सामना गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ युगमा अगाडि बढाउन तथा विश्वव्यापी शासन व्यवस्थालाई अझ न्यायपूर्ण तुल्याउन रुससँग सहकार्य गर्न चीन तयार रहेको राष्ट्रपति सीले बताए ।

प्रतिक्रिया दिनुहोस्