Logo
Logo

एनआइबीएलले ११ प्रतिशत लाभांश दिने


819
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने भएको छ ।

आज बिहान प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न ३६औँ साधारणसभाले ७ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरि ११ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै साधारणसभाले मेगा बैंक लिमिटेडसँग मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ । विशेष प्रस्तावमा मेगा बैंकको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता शेयर हुनेगरी मर्जर सम्झौता पारित भएको हो ।

मेगा बैंक इन्भेष्टमेन्ट बैंकमा मर्जर भएपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ ।

प्रतिक्रिया दिनुहोस्