Logo
Logo

राप्रपामा रवीन्द्र मिश्र समूहबाट  ४० जना केन्द्रीय सदस्य मनोनीत


3.7k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा शरदराज पाठक मनोनीत भएका छन् । राप्रपामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समूहबाट बिहीबार महामन्त्री र ४० केन्द्रीय सदस्य थपिएका हुन् । यसअघि राप्रपामा ५ जना महामन्त्री थिए ।

मिश्र विवेकशील साझाको अध्यक्ष हुँदा पाठक प्रवक्ता थिए । मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए ।
गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वमा रहेको समूहबीच एकता घोषणा भएको थियो ।

अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजका काम सुरू हुने राप्रपाले जनाएको छ । मिश्र पक्षबाट आएका ३५ जना केन्द्रीय सदस्य भइसकेका छन् भने ५ जना मनोनीत हुन बाँकी छ । साथै सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी मनोनीत भएका छन् ।

यस्तै, केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्