Logo
Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बाबुराम सक्रिय


14.2k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन पहल थालेका छन् ।

अध्यक्ष भट्टराइले आज (बिहिबार) नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर प्रचण्डलाई पहिलो चरणको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् । यस विषयमा प्रधानमन्त्री देउवा सकारात्मक भट्टराईले बताए ।

भेटमा भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनअन्तर्गत नै रहेकाले नयाँ सरकार गठन र शक्ति बाँडफाँडमा समेट्न समेत प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्