Logo
Logo

ओली र प्रचण्ड एउटै सोफामा, दुवै मख्ख


12.7k
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । शपथपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए ।

संसद सचिवालयले आयोजना गरेको चियापानमा प्रधानमन्त्री कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणालगायत नेताहरू सहभागी थिए ।

चियापानमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड एउटै सोफामा बसेका थिए । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाफर्त सार्वजनिक गरेको फोटोमा दुवै जना मख्ख देखिएका छन् । उनीहरूले केहीबेर कुराकानी पनि गरेका थिए ।

यसअघि हिजो (बुधबार) पनि ओली र प्रचण्ड एकै ठाउँमा देखिएका थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्सेर जबराको शपथग्रहण समारोहमा ओली र प्रचण्डबीच शितल निवासमा भेट भएको थियो । त्यहाँ पनि ओली र प्रचण्डले भलाकुसरी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्