Logo
Logo

ग्लोबल आइएमईले उत्पादक किसानलाई कर्जा दिने


189
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र राजधानी डेरी प्रालिबीच कृषि कर्जाको सहजीकरणसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकले राजधानी डेरीको सिफारिसमा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका तथा आसपासका दुग्ध उत्पादक किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाइएको छ । कृषि व्यवसाय गरिरहेका ग्रामीण क्षेत्रका कृषकहरूलाई उद्यमी बनाउन पुँजीलगायत प्राविधिक सीप विकास गर्न यसबाट सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

साथै, दुग्ध व्यवसायको माध्यमबाट कृषकहरूलाई उत्पादनसँग जोड्न, थप रोजगारी सिर्जना गर्न र स्वरोजगारी बनाउन यसले सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले हाल ७७ जिल्लामा दुई सय ९२ शाखा, दुई सय ७० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्