Logo
Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सुरु ग¥यो करेस्पोन्डेन्ट बैंकिङ एकेडेमी


504
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले करेस्पोन्डेन्ट बैंकिङ(सिबी) एकेडेमी सञ्चालन गरेको छ । बैंकले नेपालमा सञ्चालन गरेको यसप्रकारको यो तेस्रो एकेडेमी हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कार्यक्रम उद्घाटन गर्दै करेस्पोन्डेन्ट बैंकिङ एकेडेमीमार्फत आफ्नो विश्वव्यापी सम्बन्ध र अनुभवका बारेमा नेपालका बैंकिङ उद्योगलाई जानकारी प्रदान गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक धन्यवादको पात्र भएको बताए । स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिसिआइबी, क्लाइन्ट कभरेज, एसियाका क्षेत्रीय सह¬प्रमुख हेइडी तोरिबायोले एएमएल–सिएफटी जोखिमबाट वित्तीय प्रणालीलाई जोगाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्देश्य शिक्षाको माध्यमबाट उत्कृष्ट अभ्यास आदानप्रदान गरेर जोखिम न्यून गराउनु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले बताए । यी सत्रहरूले वित्तीय आपराधिक जोखिमविरुद्ध लड्नका लागि विश्वव्यापी उत्कृष्ट अभ्यास आदान–प्रदान गर्दै नेपाली बैंकिङ क्षेत्रमा योगदान प्रदान गर्ने बैंकको प्रतिबद्धतालाई प्रमाणित गर्ने उनको भनाइ थियो ।

स्ट्यान्डर्ड चार्टर्डको विश्वव्यापी सञ्जालबाट उपस्थित भएका विभिन्न वक्ताहरूले विविध विषयमा आ–आफ्नो विज्ञता प्रस्तुत गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्