Logo
Logo

प्रभु बैंकले टाटा मोटर्स इलेक्ट्रिक भेहिकल किन्नका लागि कर्जा दिने


1.5k
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिप्रदी टे«डिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी टे«डिङका महाप्रबन्धक शावन्तजंग सिजापतिले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिप्रदी टे«डिङबाट ग्राहकले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको जनाइएको छ । यो सुविधा बैंकको देशभर रहेको दुई सय १७ वटै शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरण्ीाय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्