Logo
Logo

भरतपुरको सडक क्षेत्रका घरहरुमा चल्यो डोजर


945
Shares

चितवन । भरतपुरको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक बिस्तारको काम अगाडि बढाइएको छ । त्यसका लागि सडक डिभिजन कार्यालय भरतपुरले सडक क्षत्रेका घरहरु शुक्रबारदेखि भत्काउन सुरु गरेको छ ।

सडक निर्माणका क्रममा यो क्षेत्रमा करिब ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए । उनका अनुसार ती घरहरु भत्काउन ३५ दिनको सूचना जारी गरिएको थियो । तर, नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।

६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको थियो । सडक डिभिजन कार्यालय आगामी फागुनसम्ममा सडक निर्माण सक्नुपर्ने थियो । तर, अहिलेसम्म आधा पनि काम भएको छैन । घरहरु भत्काएसँगै सडक निर्माणको कामले तिव्रता लिने डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्