Logo
Logo

अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते


1.4k
Shares

कैलाली । अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच झडप भएको छ । सोक्रममा ३५ जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका छन् । तर, दुई वडाबचि कुरा नमिल्दा झडप भएको हो ।

मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दका अनुसार १५ शैयाको अस्पताल निर्माण गर्नेबारे बिहीबार साँझ छलफलमा भइरहेको बेला विवाद बढेको थियो ।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन रहेकाले केही समयअघि वडा नम्बर १ का स्थानीयले आफ्नो वडामा अस्पताल बनाउनुपर्ने भन्दै तालाबन्दी गरेका थिए । तर, त्यसको केही दिनपछि नै वडा नम्बर ७ का स्थानीयले तालाबन्दी गरे ।
दुवैलाई सहमति गरेर थप प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेका बेला बिहीबार झडप भएको हो ।

झडपमा वडा नम्बर ७ का २७ र १ का ८ जना घाइते भएको बताइएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्