Logo
Logo

किशोरको ‘म त सानी सानी नानी’ उत्कृष्ट गीत बन्यो


2.1k
Shares

काठमाडौं । गीतकार किशोर चाम्लिङ राई ‘उत्कृष्ट गीतकार’ ठहरिएका छन् । बसुन्धारा नेसनल एकेडेमी (बिएनए)द्धारा आयोजित ९औँ उपत्यकाव्यापी एकल गायन प्रतियोगितामा चाम्लिङ राईले उत्कष्ट गीतकार बनेका हुन् । शुक्रबार उपत्यकाव्यापी एकल गायन प्रतियोगितामा सहभागी ४४ प्रतियोगीमध्ये राईले रचना गरेको बालगीत ‘म त सानी सानी नानी’ बोलको गीत उत्कृट बनेको हो ।

उक्त गीत कार्यक्रममा टाइमलाइन स्कुलको तर्फबाट छात्रा प्राप्ति राईले गाएकी थिइन् । उत्कृष्ट पहिलो गीतकारलाई नगदसहित सिल्ड र प्रमाण पत्रले सम्मान गरिएको बिएनए एकेडेमीका प्रिन्सिपल टंककुमार चापागाईले जानकारी गराए । गीतकार राईले दुई सयभन्दा बढी गीत रचना गरिसकेका छन् । त्यसमध्ये बालगीत पनि रहेको छ । पछिल्लो समय राईको पूर्वेली गीत ‘सोमबारे हाटैमा’ चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्