काठमाडौं । नेपाली फिल्म ‘द मोष्ट वान्टेड’को सिक्वेल बन्ने भएको छ । करिब १५ वर्षअघि उत्तरगया फिल्मस्को ब्यानरमा दिनेश पौडेलद्वारा निर्देशित ‘द मोष्ट वान्टेड २’ बन्ने भएको हो ।
‘द मोष्ट वान्टेड’मा निखिल उप्रेती, राजेश ढुंगाना, रमित ढुंगाना, मदनदास श्रेष्ठ, तेजुला खतिवडा, जानु अर्याल, उमेश खड्का, रेजिना उप्रेती, सुशिल पोखरेल, मोहमुद आलम, रामभक्त श्रेष्ठ, अशोक वस्तेन लगायतका कलाकारले अभिनय गरेका थिए ।
‘द मोष्ट वान्टेड–२’मा भने धेरैजसो कलाकार हेरफेर हुने निर्माणपक्षले जनाएको छन् । तर, अहिलेसम्म कलाकार फिक्स भइनसकेको निर्देशकको भनाइ छ । यस फिल्ममा बिबेक दोङ र बबी सुब्बाको स्वर स्वर रहने भएको छ ।