Logo
Logo

गुपचुपमा बिहे गरेकी रेखा आमा बन्ने भएपछि चर्चामा


3.2k
Shares

काठमाडौं । अभिनेत्री एवं राप्रपाका नेतृ रेखा थापाले विवाह गरेको खबर खाशै बाहिरिएको थिएन । रेखाले पनि आफू अविवाहित ‘सिंगल’ नै भएको बताउँदै आएकी थिइन् । यसैबेला रेखा आमा बन्न लागेको खबर मिडियामा छाएको छ ।

पहिलो सन्तानको जन्म दिन अमेरिकी उडेपछि रेखाको चर्चा चलेको हो । खबरहरुका अनुसार रेखा पहिलो सन्तान जन्माउन केही दिनअघि नै अमेरिकी पुगेकी छन् । रेखाले अमेरिकामा बस्दै आएका प्रेमी बलराम शाहीबाट सन्तानको जन्म दिन लागेकी हुन् । रेखाले बलरामसँग डेढ बर्षअगाडि बिहे गरेको भएपनि गुपचुपमै राख्दै आएकी थिइन् । अहिले पनि उनी सुटुक्कै भारतको बाटो हुँदै अमेरिका गएकी हुन् ।

चिकित्सकको सल्लाहअनुसार रेखा दुई महिनापछि आमा बन्दैछिन् । उनी आमा बन्नु दुई महिनाअघि नै अमेरिका पुगेकी हुन् । रेखा करिब पाँच महिना अमेरिकामा नै बस्न लागेको बुझिएको छ ।

रेखाले सामाजिक संजालमा अमेरिकामा पुगेर आफ्ना श्रीमानको जन्मदिन मनाउँदै गरेको तस्विर र भिडियो समेत पोष्ट गरेकी छन् । रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्