Logo
Logo

निमा लामाको सेलो ‘टुङ्ना र डम्फू’ (भिडियो)


693
Shares

काठमाडौं । गायक निमा पाख्रिन लामाको नयाँ सेलो गीतको भिडियो सार्वजनिक भएको छ । एकपछि अर्को सांगीतिक कोसेली पस्कँदै आएका लामाले अहिले ‘टुङ्ना र डम्फु’ बोलको सेलो गीतको भिडियो ल्याएका हुन् ।

गायक लामाले आफ्नै अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरेको यस सेलो गीतमा सन्देश लामाको शब्द रहेको छ । गीतमा लामासँगै सशिकला मोक्तानको स्वर रहेको छ । यस भिडियोमा आरम्भ तामाङ, केशाङ डोमा शेर्पा र निमाको अभिनय गरेका छन् । यस भिडियोको निर्देशन, छायाँकन र सम्पादन कृष्ण ब्लोनले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्