Logo
Logo

आविष्कार कलाको ‘अरूण तमोर’ सार्वजनिक (भिडियो)


8.1k
Shares

काठमाडौं । गीतकार तथा कवि आविष्कार कलाको शब्द रहेको ‘अरूण तमोर’ बोलको गीत सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सर्भेयरका जागिरे आविष्कारले ल्याएको गीतमा देशप्रति औँधी माया झल्केको देखिन्छ । देशका युवाहरु दैनिक लाखौँको संख्यामा विदेश उडिरहेको अवस्थामा युवाहरु देशमै बसेर वा एकजुट नभइकन देश विकास नहुने गीतमार्फत् सन्देश दिइएको छ ।

गीतमार्फत् अनुपम देशको डाँडापाखा, पाखा पखेरा र कला संस्कृतिको पनि गुणगान गाइएको छ । लयत्मक गीतले सुन्दर देशको विकासको मुहा फेर्नलाई कसैको गुहार नचाहिने र सबै मिली देश बनाउन सकिने बलियो सन्देश दिन खोजेको छ ।

गीतले अनुपम प्रकृतिको गुणगान गाउँदै थप सौन्दर्यता र सन्देश दिएको छ । गीतमा भनिएको छ– तिनजुरे मिल्के जलजले हाम्रो गुराँसको राजधानी,
गाउँघर आफ्नो बिरानो बनाई विदेशमा जवानी, फर्क हे भाई देउराली सम्झी हिमाली पाखामा, बसेर गाउला दुःख विसाउँला हाक्पारे भाकामा ।’

उक्त गीतमा ग्यांमी मगरको संगीत रहेको छ भने । मनोज स्यांगसन राईको स्वर रहेको छ । कोरसतर्फ मोनिका राई र अतित थेबेको प्रस्तुत रहेको छ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस्