Logo
Logo

मण्डला नाटकघरमा ‘मासिन्या’


693
Shares

काठमाडौं । तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्यालाई समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ को नियमित मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको छ । यही माघ २८ गतेसम्म चल्ने उक्त नाटकमा विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेपलाई प्रस्तुत गरिएको लेखक राजु स्याङ्तानले बताए ।


‘नाटकले सुन्दर तामाङबस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा प्रस्तुत गर्छ, हामीले कथा र कवितामार्फत आवाज उठाउँदै आएका थियौँ, त्यो पर्याप्त नभएपछि नाटक तयार गरेका हौँ’, लेखक स्याङ्तानले भने । उनले मौलिकता बोकेको माटो, पीडाको कथा भन्न नाटकको माध्यम रोजेको बताए ।

अर्का लेखक लक्ष्मी रुम्बाले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे जानकारी दिए । ‘तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि यसले टेवा पुग्ने विश्वास छ, यस नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ, नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न पाउनुहुनेछ’, लेखक रुम्बाले भने ।

नाटकको निर्देशक तथा परिकल्पनाकार अभिनेता बुद्धि तामाङ र सोनाम लामा छन् । यसमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय छ । करिब ६० प्रतिशत तामाङ कलाकार रहेको नाटक डेढ घण्टाको छ ।

अभिनयसम्बन्धी पाँचदिने कार्यशाला गर्दै बोर्ड
नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डमार्फत एक सूचना जारी गर्दै इच्छुकलाई १५ दिनभित्र आवेदन दिन अनुरोध गरिएको बोर्डका सदस्य तथा कार्यशाला संयोजक राजु केसीले जानकारी दिए ।

‘हामीले अभिनयमा इच्छा राख्नेलाई एउटा मार्ग तयार गर्न लागेका हौँ, यहाँ अभिनयसम्बन्धी प्राथमिक कुरा सिकेता पनि अगाडि बढ्ने मार्ग खोज्न सहज हुन्छ’, संयोजक केसीले भने ।

कार्यशाला यही माघ २९ देखि आगामी फागुन ४ गतेसम्म सञ्चालन हुने र कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल ामदधयचपकजयउद्दण्द्दद्ध२नmबष्.िअयm मार्फत आवेदन पेस गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्