सिओल । दक्षिण कोरियाको महाचाड सलनालको अवसरमा गायक राजु लामाको ‘मंगोलियन हार्ट’ ब्यान्डले लाइभ कन्सर्ट गर्ने भएको छ ।
सलनको अवसरमा फेब्रुअरी नौ तारिखमा नेपाल कोरिया कल्चर एक्चेन्ज एशोसिएशन दक्षिण कोरियाको आयोजकत्वमा सिओलको छोङ्गनो ओगास्थित रहेको पेकचुन्यन किन्यमग्ग्वान हलमा लाइभ कन्सर्ट गर्न लागेको हो ।
उक्त कन्सर्टबाट भएको नाफा कोरियामा पैसाको अभावमा स्वास्थ्य उपचार गराउन नसकेका नेपालीहरूलाई सहयोग गर्ने नेपाल कोरिया कल्चर एक्चेन्ज एशोसिएशन दक्षिण कोरियाका अध्यक्ष अमृत राईले जानकारी दिए ।
कन्सर्टलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउनको लागि गायिका अस्मिता अधिकारी, द भ्वाइस अफ नेपाल सिजन ५ मा सहभागी सुनिता सन्याक लिम्बुले पनि प्रस्तुति दिने छन् ।
त्यस्तै स्थानीय कलाकारमा द भ्वाइस अफ नेपाल सिजन ४ मा सहभागी जनाई हाल दक्षिण कोरियामा रहेका मुस्कान मुकारुङ राईको प्रस्तुति पनि रहने आयोजकले जाएको छ ।