Logo
Logo

भाइरल अञ्जुसँग हेमन्तको ‘बामरी बसायो’ युट्युबको ट्रेन्डिङमा


945
Shares

काठमाडौं । गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले अञ्जु विकसँगको सहकार्यमा बामरी बसायो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक हेमन्तले भाइरल बनिरहेका अञ्जुसँगको सहकार्यमा बामरी बसायो गीतालाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । उक्त गीत दुई दिनमा युट्युबको ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म युट्युब ट्रेन्डिङको २५औँ स्थानमा रहेको छ ।

सपना रसाइलीको लय तथा शब्दमा हेमन्त आफैले स्वर, संगित र एरेन्ज गरेका छन् । हेमन्त पछिल्लो समयका चर्चित र व्यस्त सारंगी बाधक समेत हुन् । चलचित्रदेखि विभिन्न विधाका गीतमा उनले सारंगी रेटेका छन् ।

भिडियो-

प्रतिक्रिया दिनुहोस्