Logo
Logo

देवकोटाले ल्याए कर्णालीको कथामा आधारित ‘हिरुलाल : द सोल अफ कर्णाली’


693
Shares

काठमाडौं । कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ ।

लेखक तथा सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेको गीतमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ ।

जुम्लाका विभिन्न स्थानमा सुटिङ गरिएको यस म्युजिकल फिल्मकाे कथामा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य युवाहरुको पीडालाई ढालिएको छ । साथै कर्णाली र सुदूरपश्चिमका नागरिकले सडक र संचार सुविधाबाट बञ्चित हुँदा झेल्नुपरेको पीडालाई देखाइएको छ ।

सौरभ लामिछानेले खिचेको भिडियोमा अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमको अभिनय छ ।योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाका स्थानीय महिलाको भुमिका निर्वाह गरेका छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा रहेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

देवकोटाले लेखेको गीतमा चक्र बम, रचना रिमाल र ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिएका छन । बम यस फिल्मका एसिस्टेन्ट निर्देशक तथा गायक हुन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् भने कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्