Logo
Logo

चलचित्र ‘युक्पुङ’ २८ जुलाईमा हङकङमा प्रदर्शन हुने


567
Shares

काठमाडौं । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ अब हङकङमा प्रदर्शन हुने भएको छ । यही २८ जुलाईमा हङकङस्थित याउमातेई कम्युसनिटी हलमा ‘युक्पुङ’ प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको हो ।

दिनेश माङमु निर्देशिच यो चलचित्र नेपालमा काठमाडौं र धरानलगायतमा विशेष प्रदर्शनी भइसकेको छ । यसअघि यो चलचित्र मे १ मै हङकङमा प्रदर्शन हुने भनिएको थियो । तर, त्यसबेला प्रदर्शन गरिएन ।

नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘युक्पुङ’मा एउटा बस्तीको कथालाई चित्रण गरिएको छ । सहरबाट अध्यापनका लागि गाउँ पुगेका एक शिक्षक, जो मातृभाषा र पालाम बुझ्दैनन् । तिनै शिक्षित युवा र गाउँबस्तीमा हुर्केकी अनपढ तर मातृभाषा र मौलिक संस्कुतिप्रति जागरुक युवतीबिचको प्रेम र संघर्षलाई चलचित्रमा उजागर गरिएको छ ।

यस चलचित्रको गीतमा मदन वनेम र यासेली योङहाङको शब्द रचना रहेको छ भने संगीत मदन वनेमकै रहेको छ । जसमा स्वर सुनिता थेगिमको रहेको छ । यो चलचित्र ‘माछीलाई मार्नु’ बोलको गीत निकै रुचाइएको छ ।

बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेन लगायतले अभिनय रहेको छ ।

नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको ‘युक्पुङ’मा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको शृँगार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्