काठमाडौं । मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट साङ्गीतिक बजारमा सार्वजनिक भएका छन् ।
साङ्गीतिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिवार नयाँ देउडा गीत शिरफूरबाट सार्वजनिक भएका हुन् । तिर्खा लाग्या पानी मूल, माया नमारे शिरफूल देउडा गीतलाई मोडेल कुँवरको युट्युब च्यानल पुष्पजंगल कुँवरबाट सार्वजनिक गरिएको छ ।
यो शिरफुलमा चर्चित देउडा गायिका रेखा जोशी र गायक अर्जुन भुलको स्वर रहेको छ । मोडेल कुँवरको शब्द र मोडलिङमा केन्द्रित शिरफूलमा कुँवरले चर्चित टिकटकर मिस पविससँग मनका कुरा साँटेका छन् ।
गीतको भावले भने प्रेमी विदेश भासिन लागेर प्रेमिकालाई माया नमार्नु सधैँ सम्झिरहेन छ । तिमी मेरो शिरफुल हौँ,भनेर मोडेल कुँवरले टिकटकर मिस पविलाई फकाई रहेको गीतको म्युजिक भिडियोमा देखिएको छ ।
दिनेश ठकुल्लाको निर्देशनमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा छायाकंन भएको हो । लामो समय गुमनाम भएको मोडेल कुँवरले अब आफ्नो साङ्गीतिक यात्रा तीव्र गतिमा अघि बढ्ने बताएका छन् ।
आफूले पछिल्लो ४ वर्ष संगीतका विधाबारे ध्यानमा व्यस्त भएकाले मोडलिङ तथा सङ्गीत रचनामा ध्यान दिन सकेको र अबका दिनमा आफ्नो साङ्गीतिक यात्रा नरोकिने बताए ।
उनले आफू लामो रेशको घोडा भएकाले केही समयको साङ्गीतिक बजारमा नदेखिँदा हराएको भन्न नमिल्ने दाबी गरे । मोडेल कुँवरले यसअघि देउडा,तीज र लोक दोहोरी गीतमा स्वर दिनुका साथै मोडलिङ गरिसकेका छन् ।