काठमाडौं । ‘द मिसेस नेशनल–२०२४’ उपाधि इलामकी सुजाता सुब्बाले जितेकी छन् । क्रिजोना मिडिया ग्रप प्रालिद्वारा आयोजित दोस्रो संस्करणको प्रतियोगितामा सुब्बाले उापधि जितेकी हुन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहेकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि पाएकी छन् ।
महिलालाई सशक्त बनाउँ, राष्ट्रलाई सशक्त बनाउँ भन्ने नाराका साथ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मञ्जु आचार्य फष्ट रनर्सअपका साथमा मष्ट इनरजेटिक तथा मञ्जिल रञ्जितकार सेकेण्ड रनर्सअपका साथमा मष्ट पपुलर र मष्ट इलिजेन्ट उपउपाधि विजेता भए ।
१६ बिबाहित महिलाले गरेको अन्तिम प्रतिस्पर्धामा अनिता मण्डल लामा दोङ भ्युअर्स च्वाईस र मष्ट फोटोजेनिक, शर्मिला ताम्राकार मिसेस एम्बेस्डर, अञ्जना भट्टराई मष्ट क्यारिजम्याटिक, रुबी किरण दास मष्ट ग्रेसफुल, करिश्मा भण्डारी लेबुफनुईर मिसेस प्यासिओनिस्ता, सिर्जना बुढा थापा वेष्ट स्माईल, प्रमिला दाहाल मष्ट डिसिप्लेन, श्री कुँवर मष्ट इन्सपाईरिङ, रिंकल गुप्ता मष्ट आइकोनिक, रोजी थापा वेष्ट पर्सनालिटी, सुष्मा रेग्मी मष्ट कन्फिडेन्ट, मञ्जु पौडेल मष्ट ट्यालेन्टेड र सदीक्षा अधिकारीले वेष्ट वाक उपउपाधि पाए ।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा मोडल दीपक घिमिरे, फेसन डिजाइनर मिनु श्रेष्ठ र अन्तराष्ट्रिय जुम्बा प्रशिक्षक प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए । प्रतियोगिता पूर्व खानेपानीमन्त्री महेन्द्र यादव, सांसद रेणु साह, माष्टर सेफ सन्तोष शाह र अभिनेता किरण केसीको आतिथ्यतामा सम्पन्न भएको थियो ।
आयोजक संस्था क्रिजोना मिडिया ग्रुपकी प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइन् ।