चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका- ७ का बासिन्दाको एक समूहले आगजनी गरेका छन् ।
प्रहरीका अनुसार स्थानीय बासिन्दाले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो ।
प्रहरीका अनुसार कन्सल्टेन्सीका प्रतिनिधिहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएका थिए । सो टोलीले मंगलवार भरतपुर ८ मा सर्भे गरेको थियो । आज वडा नं ७ मा सर्भे गर्ने क्रममा २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका थिए ।
पूर्व पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका छन् ।