Logo
Logo

लक्ष्मीले कल्पना ढाका बुटिकमा मनाइन् जन्मदिन


7.2k
Shares

काठमाडौं । मोडल तथा अभिनेत्री लक्ष्मी योङहाङले सोमबार आफ्नो जन्मदिन मनाएकी छन् । लिम्बू भाषा फिल्मका लागि चर्चित अभिनेत्री तथा मोडल लक्ष्मीले चुच्चेपाटीस्थित आमा कल्पना ढाका बुटिकमा केही नजिकका साथीसंगीसँग केक काटेर जन्मदिन मनाएकी हुन् ।

ढाकाविद्समेत रहेकी ‘आमा कल्पना ढाका बुटिक’की प्रोपाइटर एवं उद्यमी कल्पना योङहाङ लिम्बूको उपस्थिति लक्ष्मीले जन्मदिन मनाएकी हुन् । लक्ष्मीको जन्मदिन मनाउने अवसर भने फोटोसुटले जुराएको हो ।

नारीहरुको विशेष पर्व तिजलाई लक्षित गर्दै कल्पना ढाका बुटिकका लागि सोमबार मोडल लक्ष्मीको फोटोसुट गर्ने कार्यक्रम तय भएको थियो । सोही मौकामा ढाका उद्योमी एवं फेसन डिजाइनर कल्पना योङहाङले मोडल लक्ष्मीको जन्मदिन मनाउने कार्यक्रम बनाएकी हुन् ।

थुप्रै लिम्बू भाषाका गीत तथा पालममा मोडलिङ गरिसकेकी लक्ष्मी यतिखेर नेपाली फिल्म ‘उनको स्वीटर’लगायत केही फिल्ममा व्यस्त छिन् । म्युजिक भिडियोका आलवा लिम्बू भाषाका केही फिल्महरुमा समेत अभिनय गरिसकेकी लक्ष्मीले भनिन्, ‘पहिले–पहिले खाशै जन्मदिन मनाउने गरेकी थिइनँ । पछिल्लो केही वर्ष यताचाहिँ साथीहरुसँग समय मिलेको बेला मनाउने गरेकी छु । आज यस्तै मौका मिल्यो ।’

आमा कल्पना ढाका बुटिकले नेपाली नारीहरुको विशेष पर्व तिजको अवसरमा ढाकाको सारी, लेहेँगा, गाउन, मेख्लीलगायतका पहिरनमा विषेश छुट दिने भएको छ । बुटिककी प्रोपाइटर एवं उद्यमी कल्पनाले भनिन्, ‘तिज वर्षमा एक पटक आउने नारीहरुको पर्व हो । त्यसैले तिजको अवसरमा महिला दिदीबहिनीहरुलाई विशेष छुट दिँदैछु ।’

प्रतिक्रिया दिनुहोस्