Logo
Logo

रामदत्त जोशी एआईजी बढुवा सिफारिस


3.7k
Shares

काठमाडौं । नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन् । एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा गृहमन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । हाल कार्यरत डीआईजीको बरियतामा पनि उनी नै पहिलो नम्बरमा थिए । बढुवा समितिले बरियता अनुसार नै सिफारिस गरेको हो ।

यसअघि उक्त कोटामा पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको थियो । तर उनलाई अवकासको अघिल्लो दिन बढुवा गर्ने प्रयास सरकार परिवर्तनले सफल भएन । उनी डीआईजीमै अवकास भइसकेका छन् ।

एआईजी भएपनि उनी २१ गतेबाट अवकास हुने थिए । उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका जोशी उमेर हदका कारण आगामी कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन्। जोशी एआईजीमा बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्