काठमाडौं । चलचित्र ‘युक्पुङ’ अर्थात ‘बस्ती’ २८ जुलाई अर्थात यही आउने आइतबार हङकङमा विशेष प्रदर्शन हुने भएको छ । आयोजक नोगेन अग्र्यानिक इन्टरटेन्टका अनुसार ‘युक्पुङ’ हङकङकाे जोर्डनस्थित याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिने भएको हो ।
कबेरमणि थक्लुङको संयोजत्वमा यो फिल्म हङकङमा प्रदर्शन गर्न लागिएको हो । जसको प्रचार प्रसारको जिम्मेवारी कलाकार मौसम इम्बुङ(फुलेन्देको बाउ’ले लिएका छन् । उनका अनुसार फिल्म प्रदर्शनीका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
हङकङमा ‘युक्पुङ’ प्रदर्शनका लागि थलङ परिवार हङकङका भीम थलङ, वनेम कल्याण संस्था हङकङका प्रदिप वनेम, वनेम माङ्गेना सजुमकी आशा वनेम सह आयोजक रहेका छन् ।
दिनेश माङमु निर्देशिच यो फिल्म यसअघि काठमाडौं र धरानलगायतका शहरमा विशेष प्रदर्शनी भइसकेको छ ।
नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘युक्पुङ’मा एउटा बस्तीको कथालाई चित्रण गरिएको छ ।
बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस फिल्ममा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेनका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको ‘युक्पुङ’मा रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य–सहायक निर्देशन र तारा शर्माको शृँगार रहेको छ ।