Logo
Logo
जम्काभेट

‘मलाई तडक-भडक मन पर्दैन’


1.1k
Shares

झापाकी अस्मिता अधिकारी अध्ययन र पेशाले नर्स हुन् । तर, नर्सिङ पेशा छाडेर उनी गायनमा व्यस्त छन् । नेपाली गायन क्षेत्रका लोकप्रिय गायिका अस्मिताले हालसम्म दुई हजारभन्दा बढी गीत गाइसकेका छन् । गायनबाट पाएको सफलताले नर्सिङ पेशा छाडेकोमा उनलाई कुनै पछुतो छैन ।

अस्मिता भन्छन्, ‘म अहिले गायनबाटै खुसी छु । नर्स पेशा छाडेकोमा पछुतो छैन । त्यो एउटा पढाइ थियो ।’ ‘तिम्रो मायाले बाँधेर राख’, ‘लज्जावति झारझैँ’ ‘साली मन पर्यो’ जस्ता दर्जनौँ लोकप्रिय गीतका गायिका अस्मिता यतिखेर भने प्रेमीसँग ‘इन्गेजमेन्ट’ गरेपछि चर्चामा छन् । अस्मिता र महेश काफ्लेले केही समयअघि दुवईमा ‘इन्गेजमेन्ट’ गरेका थिए । चाँडै विवाह गर्ने तयारीमा रहेकी गायिका अस्मिता अधिकारीसँग रेजिना पाण्डेको जम्काभेट :

हिजोआज आज के गर्दै हुनुहन्छ ?
गीतसंगीतमै व्यस्त छु । रेकर्डिङ र देश–विदेशमा हुने स्टेज कार्यक्रमहरू गरिरहेकी छु ।

हालै दुवईमा ‘ईन्गेजमेन्ट’ गर्नुभएको चर्चा छ । ‘ईन्गेजमेन्ट’का लागि दुवई जानुको कारण के थियो ?
कुनै कारण छैन । योजना गरेर दुवई गएको पनि होइन, संयोग मात्र हो । हामी दुईजनालाई नै दुवईमा सांगीतिक कार्यक्रमका लागि निम्ता आएको थियो । हाम्रो विवाह गर्ने ठीक त्यही समय प¥यो । यो वर्ष विवाह गर्ने भनेर परिवारमा तयारी हुँदै थियो । त्यसैबेला दुवई जाने कार्यक्रम प-यो । त्यसैले विश्वकै अग्लो टावरलाई साँक्षी राखेर हामीले ‘ईन्गेजमेन्ट’ गरेका हौं ।

महेश काफ्लेसँग पहिलो भेट कहाँ, कसरी भएको थियो ?
उहाँ पनि सांगीतिक क्षेत्रमै हुनुहुन्छ । गीतसंगीतकै काममा हाम्रो भेट भएको हो । काम गर्दै जाँदा हामी दुईको मन मिल्यो । त्यसपछि हामीले रिलेशन अगाडि बढाएका हौँ ।

विवाहचाहिँ कहिले गर्ने ?
विवाह कहिले र कसरी गर्ने भन्नेबारे पारिवारिक छलफल भइरहेको छ । हेरौँ, निर्णय चाँडै हुन्छ होला ।

तपाईँलाई मन पराउने हजारौँ छन् । तपार्इँ महेशको के कुरामा आकर्षित हुनुभयो ?
हो, दर्शक, श्रोताले मेरो कामलाई धेरै मन पराउनु भएको छ । मेरो सांगीतिक यात्रालाई मनपराइदिएर नै यहाँसम्म आएकी छु । तर, ‘मन पराउने हजार हुन्छन्, जुनी काटुने एउटै हुन्छ’ भनेझैँ मलाई उहाँ नै मन पर्यो । मन र विचार मिलेपछि उहाँसँग जीवन कटाउने निधो गरेँ ।

तपाईँलाई शालीन गायिका भन्दारहेछन् । आफूलाई कस्तो लाग्छ ?
अरुले जे, जसरी चिन्नुहुन्छ, म त्यस्तै नै छु । तडकभडक जीन्दगी मलाई मनपर्दैन । नचाहिँदो भाइरल हुन पनि मन लाग्दैन ।

हेर्दा सिम्पल तर, स्टेजमा खुब नाच्नुहुन्छ नि ?
सबैले यसै भन्छन् । तर, स्टेजमा गाउँदा र स्टुडियोमा गीत रेर्कड गर्दा फरक भइहाल्छ नि । स्टेजमा दर्शकसँग प्रत्यक्ष गाउनुपर्ने हुन्छ । त्यसैले नाच्दै गाउँदा रमाइलो हुन्छ ।

तपाइँलाई ‘डिमाण्डेड’ गायिका पनि भन्दारै’छन् नि ?
खै, त्यसबारे थाहा भएन । मैले अहिलेसम्म हाई डिमाण्ड गरेकी छैन । निरन्तर गाउने अवसरहरू पाइरहेको छु, यो मेरो लागि ठूलो कुरा हो । संगीत क्षेत्रका व्यक्तिहरूले मलाई बिश्वास गरेर काम दिनुहुन्छ । अझै आफूलाई संगीतमा निखार्ने प्रयास गर्दैछु ।

‘नेपाल आईडल’मा सहभागी भएर के सिक्नुभयो ?
मलाई ‘नेपाल आईडल’ले नै यहाँसम्म ल्याएको हो भन्दा फरक पर्दैन । उक्त प्रतियोगितामा भाग लिएर धेरै कुरा सिक्न पाएँ । मैले आफ्नो प्रतिभा देखाउने अवसर पाएँ ।

‘नेपाल आईडल’मा जित्ने कि सिक्ने भनेर जानुभएको थियो ?
कुनै पनि प्रतिस्पर्धामा जित्ने उद्देश्यले सहभागी भइन्छ । तर, प्रतिस्पर्धामा कहिले जित हुन्छ, त कहिले हार हुन्छ । त्यो स्वभाविक हो । यस्तै प्रतिस्पर्धाले नै सहि ठाउँमा पु(याउँछ । बिजेता बन्न नसकेपनि मैले ‘नेपाल आइडल’बाट धेरै कुरा सिकेँ र अवसरहरू पाएँ ।

अहिलेसम्म कार्यक्रमका लागि कुन–कुन देश जानुभयो ?
धेरै ठाउँहरू घुमेकी छु । नेपाल बाहिर कोरिया, जापान, अष्टे«लिया, युके, हङकङलगायत एक दजर्नभन्दा बढी देशमा पुगिसकेँ । नेपालकै कुरा गर्ने हो भने चालिसभन्दा बढी ठाउँमा कार्यक्रममा सहभागी भइसकेको छु ।

कला क्षेत्रमा तपाईँलाई मन नपर्ने के हो ?
मलाई नचाहिँदा हल्लाखल्ला मनपदैन । किनकि, म आफनो काम गर्छु । मेरो कामको राम्रो, नराम्रो पक्षहरू भनिदिए मात्र पुग्छ । कहिलेकाहीँ नचाहिँदो हल्ला बजार फैलिँदा अप्ठ्यारो हुन्छ । म आफनो कामले चिनिन चाहन्छु ।

नर्सिङ पेशालाई छाड्नुभएको हो ?
अहिले नर्सिङलाई भन्दा गायन क्षेत्रलाई निरन्तर दिइरहेको छु । भविष्यमा नर्सिङ क्षेत्रमा पनि काम गर्ने योजना छ ।

नर्स पेशा र गायनलाई एकैसाथ लान सकिन्न थियो र ?
गरेको भए सकिन्थ्यो । तर, मेरो सोच चाहिँ जे गरेपनि एउटै क्षेत्रमा मिहिनेत गरौँ भन्ने हो । दुईतिर हात हाल्दा कतै समय दिन नसकिएला । त्यही भएर अहिले गायनलाई प्राथमिकता दिएकी हुँ ।

नर्सिङलाई समय दिन नसक्दा पछुतो लागेको छैन ?
छैन । पढ्ने समयमा के पढ्ने भन्दा भन्दै नर्सिङ रोजेकी हुँ । तर, भविष्यमा नर्सको काम गर्ने योजना छ । अहिले चाहिँ संगीतमै खुसी छु ।

प्रतिक्रिया दिनुहोस्