Logo
Logo

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, के-के चाहिन्छ योग्यता ?


1.1k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले बुधबार सूचनामार्फत योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ ।

त्यस्तै उमेर ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको तथा प्रचलित कानुनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा उल्लेख छ । हाल चललिचत्र विकास बोर्डको अध्यक्ष भुवन केसी छन् ।

प्रतिक्रिया दिनुहोस्