काठमाडौं । ‘फेस अफ नेपाल–२०२४’काे उपाधि ललितपुर चांगाथलीका हिमाञ्चल राज केसीले जितेका छन् । हिमाञ्चलले देश विदेशबाट पाएको मतको आधारमा उपाधि र उत्कृष्ट शारिरीक सुगठन गरि तीनवटा उपाधि जिते ।
यो उपाधि जितेसँगै अब उनी आउँदो नोभेम्वरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली मुलुकका मोडेलहरुबीच हुने ‘फेस अफ एशिया’ अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् । संघीय राजधानी काठमाडौंमा बिहीबार साँझ आयोजित प्रतियोगिताको फाइनल सहभागी १० मध्ये हिमाञ्चलले सो उपाधि जितेका हुन् ।
यस्तै, सो प्रतियोगितामा आर्यन सोनी चौधरीले ‘जज च्वाइस’ टाइटल अवार्ड जितेका छन भने ‘फेस अफ नेपाल’को महिलातर्फको सिम्रन चन्द ठकुरी र टिना परियारले उपाधि जितेका छन् ।