काठमाडौं । ‘द भ्वाइस अफ किड्स’बाट चर्चामा आएका ६ वर्षीय आलव लिम्बू मेन्याङ्बोको स्वरमा ‘भाडा माझ्न पठायौं आमा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त मर्मश्पर्शी बाल गीतमा शब्दरचना गायिका अनिला राईको रहेको छ ।
पवन बान्तवा राईको संगीत रहेको यस गीतलाई गायिका तथा गीतकार अनिला राईकै अफिसियल युट्युब च्यानल ‘ अनिला राई अफिसियल’मार्फत सार्वजनिक गरिएको हो । गीतमा कलाकार आलावको सुमधुर स्वर रहेको छ । यो गीत आलवको सम्भवतः पहिलो रेकर्डिङ गीत हो ।
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन–३ को शनिबार (आजै) फाइनल हुँदैछ । द भ्वाइसको सुरुदेखि नै चर्चामा आएका आलाव भने दूर्भाग्यवस फाइलनसम्म पुग्न सकेनन् । फाइनल यात्रा तय गर्न नसकेपनि आलव सांगीतिक क्षेत्रमा चर्चामा आएका छन् । संयोगवस यसैबेला ‘भाडा माझ्न पठायौँ आमा’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रतियोगिताको लाइभ राउण्डसम्म आलाव ‘द भ्वाइस अफ किड्स’ सिजन–३ को विजेताका दावेदारका रुपमा चर्चामा थिए ।
स्टुडियो किङमा छायाँकन गरिएको यस गीतलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् । यो गीतलाई दर्शक तथा श्रोताले रुचाइदिने छन् भन्ने गीतकार अनिलाको विश्वास छ । गायिका तथा गीतकार अनिला भन्छिन्, ‘यो गीत स–सना नानीहले भोग्दै आएको वास्तविक कथावस्तुलाई चित्रण गर्नेगरी लेखेकी हुँ ।’
गीतले भनेजस्तै, धेरै बालबालिका अवस्थाका कारण भाडा कलिलो उमेरमा भाडा माझ्न बाध्य पारिएका छन् । ‘भाडा माझ्न पठायौं आमा’ गीतलाई ‘रियालिटीमा आधारित गीत’का रुपमा लिइएको छ । साथै, यस गीतले बाल कलाकार आलवलाई थप चर्चामा ल्याउने विश्वास गरिएको छ ।