Logo
Logo

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद खारेजीको माग गर्दै प्रधानमन्त्री निवास अगाडी प्रदर्शन


756
Shares

काठमाडौं । विभिन्न विषयमा सरकारको प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै युवाहरूको एक समूहले काठमाडौंको बालुवाटार नजिक प्रदर्शन गरेका छन् ।  

अब बोल्छ नेपाल लेखिएको ब्यानरसहित बिभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

त्यस्तै बिभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानविनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्ने लगायतका उनीहरूको माग छ । उनीहरूले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्