काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स दमक शाखाले लिडर्सलाई सम्मान तथा रिफ्रेसमेन्ट तालिम दिएको छ । कम्पनीमा स्थापना कालदेखि कार्यरत सिनियर एजेन्सी म्यानेजर हेमकला न्यौपानेले आफू र आफ्नो टिम अन्तर्गत रहेर काम गरिरहेकी सिनियर एजेन्सी म्यानेजरलाई सम्मान, स्किम वितरण प्रिमियम क्लब एमडीआरटी धौलागिरी, मनास्लु, राइजिङ स्टार क्लबमा पुगेका टिमहरूलाई सम्मान गरेको हो ।
टिम व्यवसायमा, अभिकर्ता जोड्ने र व्यक्तिगत कोडमा उत्कृष्ट व्यवसाय गर्ने तीनवटै विधाका प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल एजेन्सीहरूलाई अवार्डका साथ सम्मान गरेको छ ।
लक्ष्य निर्धारण अनुसार काम होस भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो । कम्पनीका प्रदेश प्रमुख मिलन दाहालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उर्लाबारी शाखा प्रमुख पुस्कर पोख्रेल ,पथरी शाखा प्रमुख चन्द्रकुमार राईले सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।
साथै सहभागीलाई विराटचोक शाखा प्रमुख यामनाथ दाहालले इन्स्योरेन्स जगतमा मोटिभेसनल स्पिचमा सहभागीले अझ सफलता प्राप्त गर्न ऊर्जावान् र उत्साहित बनाउने बताए ।