Logo
Logo

एउटै स्टेजमा २९ जना अवार्डेड


1.3k
Shares

काठमाडौं । एमकेएम फेशन हाउस र सामरी इन्टरनेशनल इभेन्टद्वारा आयोजित कार्यक्रममा विभिन्न शीर्षकमा २९ जना पुरस्कुत तथा अवार्डेड भएका छन् । जमलस्थित सांस्कृतिक संस्थानमा सम्पन्न ‘डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट’ र ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’मा ब्राइडल, मोडलिङ, सिङ्गिङ, एक्टिङ र डान्सिङ विधा गरी २९ प्रतिभालाई पुरस्कृत गरिएको हो ।

एमकेएम ब्राईडलतर्फ बिना बलामी रोयले शीर्ष उपाधी चुमेकी छन् भने चन्दु बलामी फस्टरनर अप र रेनु पन्जियार सेकेन्ड रनरअप भएका छन् । यस्तै, मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वाईस र कविता बस्नेतले भिअर्स च्वाईस पुरस्कार प्राप्त गरिन् ।

यस्तै, डीएएसएम सुपरस्टार किड्स ट्यालेन्ट मोडलिङ्तर्फ सुदिस्ना भण्डारीले शीर्ष उपाधी जितिन् । यो शीर्ष अन्तरगत सदिक्षा तामाङ फस्ट रनरअप, सिभानी धिताल सेकेन्ड रनरअप भए । यस्तै, काभ्या केसी, अनु पौडेल, रोशनी नेमकुल र प्रेनिका घिमिरे थर्ड रनरअप घोषित भएका छन् । डीएएसएम सुपरस्टार सिङ्गिङतर्फ अमन तामाङ बिजेता बन्दा निश्चल चौधरी फस्ट रनरअप भए ।

डान्सिङतर्फ आलिया लामाले उपाधि चुमेकी छन् भने सृष्टि साहु फस्ट रनरअप, रिटिना मर्हजन सेकेन्ड रनरअप र सृजु वाग्ले थर्ड रनरअप भएका छन् । यसैगरी एक्टिङतर्फ आहिल श्रेष्ठ बिजेता घोषित भए भने छायाँ मगर फस्ट रनरअप, प्रसुना कार्की सेकेन्ड रनरअप र क्रिस्मा खड्का थर्ड रनरअप भएका छन् ।

समारोहमा पाथीभरा समूहतर्फ सिङ्गिङमा क्रिस्टप थापा मगर प्रथम र संगम बस्नेत फस्ट रनरअप भएका छन् । पाथीभरा डान्सिङतर्फ वर्षा श्रेष्ठले उपाधी चुमेकी छन् भने आध्या बुढाथोकी फस्ट रनरअप, आरध्या बजगाई सेकेन्ड रनरअप र आरोही न्यौपाने थर्ड रनरअप भए ।

ब्राइडल फेशन शोतर्फ एमकेएम फेशन हाउस (मानकुमारी इन्टरनेशनल प्रालीकी सीईओ दिलमाया मगर र प्रशासन अधिकृत विमला विक, इभेन्ट टिम मेम्बरको रुपमा रहेको यस कार्यक्रममा गायक निर्णय श्रेष्ठ (एनएसके), कानून व्यावसायी लिजा राई, नृत्यांगना सीता सुवेदी, कानून व्यवसायी रक्षाबहादुर रैका मगर, अभिनेत्री गौरी मल्ल, मोडल सागरिका श्रेष्ठ, अन्जना पुन र फोटोपत्रकार हरि गोपाल प्रधान निर्णायक थिए ।

प्रतिक्रिया दिनुहोस्