काठमाडौं । इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डितले आफ्नो् कार्ययोजना पेश गरेका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा उनले १४ पृष्ठे कार्ययोजना प्रस्तुत गरेका हुन् ।
सो क्रममा उनले आफू राजदूत भएर इजरायल गएमा हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि पहल गर्ने बताएका छन् । साथै उनले नेपालीहरुलाई इजरायलको कृषि क्षेत्रको अध्ययन भ्रमण गर्ने अवसरहरुको विकास गर्न पहल गर्ने बताएका छन् ।