Logo
Logo

ओलीलाई प्रचण्डको प्रश्न- कहाँ पुग्यो भुटानी शरणार्थी, बालमन्दिर, गिरीबन्धु प्रकरणको अनुसन्धान ?


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो भन्दै प्रश्न गरेका छन् । 

माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भुटानी शरणार्थी, बालमन्दिर जग्गा प्रकरण, बाँसबारी जग्गा र गिरीबन्धु टी-स्टेट प्रकरणको अनुसन्धान भन्दै प्रश्न गरेका छन् । 

सरकार यी प्रकरणहरू मिलाउन बनेको उनले बताए । उनले प्राकृतिक विपत्ति  नदेखिएको सरकार कुलमान घिसिङ्ग र उपसभामुख हटाउन मात्र देखिएको बताए । उनले सरकार दल विभाजन गर्न अग्रसर देखिएको बताए । 

प्रतिक्रिया दिनुहोस्