काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ । बैठक अहिले बिहान ९:३० बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् ।