Logo
Logo

गायिका रमलाले ल्याइन् ‘धुन’ (भिडियोसहित)


567
Shares

काठमाडौं । गायिका रमला तामाङ पाख्रिन ‘धुन’ बनेरका दर्शक तथा श्रोतामाझ आएकी छन् । ‘म्हेन्दोमाया’ गीतका लागि चर्चित रमलाले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार नयाँ गीत ‘धुन’को भिडियो सार्वजनिक गरेकी हुन् । यस युगल गीतमा गायिका रमलासँगै गायका कमल खत्रीको स्वर रहेको छ ।

गायिका रमलाले आफ्नो नयाँ गीत ‘धुन’को भिडियो सार्वजनिक गर्नुअघि शुक्रबार नागपोखरीस्थित एकिकृत समृद्धी नेपाल नामक बालआश्रममा पुगेकी थिइन् । जहाँ १४ जिल्लाका द्वन्दपिडित एवं बाबु आमा नभएका र अति बिपन्न ३५ जना बालबालिका आश्रित छन् । जसका लागि थोरै भएपनि सहयोग होस् भन्ने हेतुले आफ्नो जन्मदिनको अवसरमा त्यहाँ पुगेर खाद्यन्नलगायतका सामग्री प्रदान गरेको रमलाले बताइन् । सोही अवसरमा ‘धुन’ विमोचन गर्दै गायिका रमलाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

गायक कमल खत्रीको शब्द तथा संगीत रहेको ‘धुन’ बोलको यस गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । भक्तपुरको दरबार स्क्वेर र सिद्ध पोखरी आसपासमा छायाँकन गरिएको भिडियोमा पछिल्लो समयकी व्यस्त अभिनेत्री मिरुना मगर र गणेशमान गुरुङ फिचर्ड छन् । अहिलेक चलेका यी जोडीलाई निर्देशकले नयाँ ढंगले स्क्रिन–प्ले गरेका छन् । भिडियोमा भक्तपरकै स्थानीय युवा यवुती जागृत प्रेमभावलाई उजागर गरिएको छ ।

सुविन गुरुङको निर्माण रहेको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।
हालैमात्र तामाभाषा गीतका लागि उत्कृष्ट गायिकाको अवार्ड पाएकी रमला आफ्नो पछिल्लो गीतबाट आशावादी छन् । उनी भन्छिन्, ‘यस गीतलाई दर्शक तथा श्रोताले रुचाइदिनु हुन्छ भन्ने विश्वास लिएकी छु ।’ तामाङ भाषा विशेषगरी म्हेन्दोमाया भाकाका लागि चर्चित गायिका रमलाको यो पछिल्लो नेपाली गीतको हो । उनले हालसम्म नेपाली र तामाङ भाषा गरी ६ सयभन्दा बढी गीत गाइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्