Logo
Logo

अनमोललाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


2.1k
Shares

काठमाडौं । अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्णप्रसाद सुवेदीले आइतबार अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार साँगाबाट पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्ने छ ।

पक्राउपछि उनलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो । सुदर्शन थापाले निर्देशन गर्न लागेको नेपाली फिल्म ‘रावायण’ खेल्छु भनेर १० लाख रुपैयाँ पेस्की लिएर खेल्न आनाकानी गरेपछि उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए । अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्