काठमाडौं । गायक प्रकाश दुलालले दशैँ–तिहारको अवसरमा ‘यो दशैँ तिहारमा मा बिदा पाएन’ बोलको गीत ल्याएका छन् । सरकारी जागिरेसमेत रहेका दुलालको उक्त गीतमा चर्चित गीतकार लोकराज अधिकारीको शब्दरचना रहेको छ ।
यस गीतमा दुलालसँगै विपिन घिमिरे, शिला विष्ट अलि र सावित्री अधिकारीको स्वर रहेको छ । सञ्जय श्रीपालको एरेन्ज रहेको यस गीतलाई मुर्चुङ्गा डिजिटलमा रेकर्ड गरिएको हो ।
गीतमा कर्मथलोमा कर्म गर्दा बिदा नपाएको तर गाउँघरको मौलिक दशैँ, आफन्त र साथीभाइलाई असाध्यै मिस गरेको भाव रहेको छ । गायक दुलालले यस गीतलाई मौलिक भनेका छन् । संगीत र गायकी पनि सोचेजस्तै भएको संगीतकार विपिन घिमिरेको भनाइ छ ।