काठमाडौं । निर्मात्री एवं निर्देशक कृषा चौलागाइँले प्रदीप खड्कालाई लिएर फिल्म ‘पिताम्बर’ बनाउने भएकी छन् । ‘एैँचो पैँचो’ निर्देशन गरेकी कृषाले नयाँ फिल्मको बनाउन लागेकी हुन् । उनले फिल्मको नाम ‘पिताम्बर’ जुराएकी छन् ।
कृषाले आफूले निर्माण गर्ने नयाँ फिल्मबारे औपचारिक घोषणा गरेकी छैनन् । तर, फिल्मको नाम ‘पिताम्बर’ राख्ने उनले पुष्टि गरेकी छन् । अहिले उनी लोकेशन हेर्नका लागि काठमाडौं बाहिर दौडधुपमा छिन् । कृषाले यो फिल्मको छायांकन माघभित्रै सु? हुने बताएकी छन् ।
फिल्मको लेखन प्रदीप भारद्वाज, पु?षोत्तम प्रधानको छायांकन पक्का भइसकेको छ । फिल्मका लागि कृषाले नाम चलेका कलाकारसँग कुराकानी गरिरहेकी छन् । फिल्ममा प्रदीप खड्का अलावा मोद अग्रहरी र कामेश्वर चौरासिया फाइनल भइसकेका छन् ।