Logo
Logo

अनुष्का भन्छिन्- दुःख बुझ्नका लागि भएपनि एकपटक विदेश जानु राम्रो


1.4k
Shares

काठमाडौं । पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले नेपाली युवा एकपटक विदेश जानैपर्ने बताएकी छन् । विदेश गएपछि मात्र नेपाली युवाले दुःख बुझ्ने उनको भनाइ छ ।

अनुष्का सन् २०२० कि मिस नेपाल हुन् । उनले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘अहिलेको अवस्थामा नेपालको विद्यार्थी एकपटक भएप्नि पढ्न विदेश गएको नै राम्रो भन्छु म ।’ उनले थपिन्, ‘जबसम्म बेडमै चिया आउँछ, पाकेको खाना अगाडि आउँछ, कोठा भाडा तिर्नुपर्छ भन्ने बानी हुँदैन । तबसम्म हामीले मिहिनेत वुझ्दैनौं ।’

उनले आफू विदेशमा पुगेपछि घरको याद र भोक देखेको सुनाइन् । ‘नेपाली हामी धेरै नै लक्की छौं । उसो त म काठमाडौंमा जन्मिएकाले यसो भन्न मिल्दैन होला’ अनुष्काले भनिन्, ‘तर, अहिले गाउँमा पनि सुविधा धेरै छ । साग सब्जी घरमै उब्जिन्छ । मिहिनेत गर्ने बानी सिक्नका लागि हप्ता हप्तामा मिहिनेत गरेर कोठा भाडा तिर्ने बानी बसाल्नका लागि विदेश जानुपर्छ जस्तो लाग्छ ।’

उनले आफैँ कति तन्किन सकिन्छ भन्ने हेर्नका लागि र मिहिनेत गर्नका लागि भएपनि नेपाली विदेश एकपटक जानुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्