Logo
Logo

मनाङमा अर्धनग्न भए भीमफेदी गाइज (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ माघ । डान्स गु्रप ‘भीमफेदी गाइज’को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ बोलको गीतको भिडियोलाई मनाङको विभिन्न रमणीय स्थलहरुमा खिचिएको छ ।
उक्त सेलो शैलीको गीतको भिडियो निर्माणमा निकै मिहिनेत गरिएको छ । मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको भिडियोमा भीमफेदी गाइज अर्धनग्न भएका छन् । भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको देखाइएको छ ।
मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको यस गीतको भिडियोमा भीमफेदी गाइजका अलावा निर्जली लामा र पासाङ तामाङले अभिनय गरेका छन् । यस भिडियोका लागि कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्