Logo
Logo

दीपेन्द्र दाहाल र देवी घर्तीको स्वरमा ‘चोली चौबन्दी’ सार्वजनिक


3.4k
Shares

काठमाडौं । बरिष्ठ लोक डेउडा गायक दीपेन्द्रप्रसाद दाहालको शब्द र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग–२’ सार्वजनिक भएको छ ।

गायक दाहाललाई चर्चित गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपी सिञ्जाली मगर र प्रेम मगरले साथ दिएका छन् ।

गायक दिपेन्द्रको अफिसियल युटुव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका कान्छो छोरा बालकलाकार श्रीजल दाहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ ।

सत्यवती एकडेमी अत्तरिया, कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको यस डेउडा गीतको भिडियोलाई अमृत उपाध्यायले खिचेका हुन् । भिम थापाको निर्देशन रहेको यस भिडियोमा श्रीजल दाहाल र आरोही मल्लका साथै सत्यवती एकडेमीका विद्यार्थी र शिक्षक/ शिक्षिकाहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्