काठमाडौं । यतिखेर ‘मिस नेपाल–२०२४’ उपाधि दौडमा २६ जना प्रतिस्पर्धी प्रशिक्षणरत छन् । उनीहरुले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच आ–आफ्नो कला प्रदर्शन गरे । ‘ट्यालेन्ट’ राउन्डअन्तर्गत प्रतियोगीले कला प्रस्ुतत गरेका हुन् ।
ट्यालेन्ट राउण्डमा उनीहरुले विभिन्न कला देखाए । प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला, प्रहसन लगायतका कला प्रस्तुत गरेका थिए ।
हिडन ट्रेजरद्वारा आयोजित यस वर्षको ‘मिस नेपाल’को ग्राण्ड फिनाले आगामी साउन १९ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुँदैछ । हाल प्रतियोगीहरु क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षणरत छन् ।
यी हुन् फाइनलिस्ट २६ प्रतियोगी
शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाइँ, स्रिमिका मानन्धर, आँचल खत्री, ऊर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दीक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेर्बुजा मगर, किम्ती श्रेष्ठ, प्रेरभिता स्वार, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुषाल, पूजा बराल, सायरा खड्का, अम्बिका राणा, अनिशा मल्ल, श्रद्धासुमन सिलवाल र सामिन कोइराला ।