Logo
Logo

शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन एमालेको प्रस्ताव


10.6k
Shares

काठमाडौं । शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन नेकपा एमालेका सांसद प्रतीक्षा तिवारीले प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद तिवारीले शिक्षकको मनोबल बढाउन खाजा भत्ताको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

सांसद तिवारीले विद्यालय शिक्षा विधेयकमाथि छलफलका लागि बसेको समिति बैठकमा शिक्षकलाई मासिक दुई हजार खाजा भत्ता दिन सकिए राम्रो हुने बताए ।

विगतमा शिक्षकहरुसँग भएको सहमति समेट्ने गरी विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने पनि सांसद तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्