काठमाडौं । आज (बिहीबार) देशभरका विभिन्न १३ जिल्ला र ती आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोट, रुकुम–पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम रहनेको बताएको हो ।
यसैगरी आज संखुवासभा, कैलाली र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा पनि बहाव उल्लेख्य बढ्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।