Logo
Logo

छ दशकमा डेढ लाख सैनिक शान्ति मिसनमा खटिइए


1k
Shares

काठमाडौं । हालसम्म कुल एक लाख ५२ हजार आठ सय १८ जना नेपाली सेना विभिन्न शान्ति स्थापना कार्यमा खटिएका छन् ।

बिहीबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै सेनाले ६ दशकमा विभिन्न ४४ वटा शान्ति मिसनमा एक लाख ५२ हजार आठ सय १८ जना अधिकृतले सहभागिता जनाएको जानकारी दिएको हो । नेपाली सेना विसं २०१५ जेठ ३० गते लेबनानबाट शान्ति स्थापना कार्य मिसनमा सहभागिता जनाएको थियो ।

हाल ११ वटा शान्ति मिसनमा नेपाली सेनाका पाँच हजार नौ सय १६ शान्ति सैनिक तैनाथ रहेको सेनाले जनाएको छ । हालसम्म दुई हजार सात सय सात नेपाली महिला सैनिकले शान्ति स्थापना कार्यमा सहभागिता जनाएका छन् ।

सेनाले हालसम्म एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोली सडक विभागलाई हस्तान्तरण गर्नुका साथै ३८ वटा बेलिबृज जडान गरेको छ । सेनाको प्रत्यक्ष व्यवस्थापनमा अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना तथा दुई वटा पहिलो प्राथमिकता प्राप्त सडक आयोजना निर्माण भइरहेको छ ।

सो सडकको कूल लम्बाई दुई सय ७४ किलोमिटर रहेको छ । सेनाले खाँदबारी किमाथाङ्का (च्याम्ताङ्ग–घोंघप्पा खण्ड), कर्णाली करिडोर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ, दार्चुला–टिङ्कर सडक निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्